May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

केन्द्रीय सरकार भन्दा प्रदेश नै बलियो हुनुपर्छ : सिटौला

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १५:१0
केन्द्रीय सरकार भन्दा प्रदेश नै बलियो हुनुपर्छ : सिटौला
  • कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुग्यो 
  • संघभन्दा प्रदेश सरकार नै विश्वासिलो हुने 
  • हौसला बढाउनेरु शासक ठिक भए प्रशासनको मनोबल बढ्छ

विराटनगर ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुगेको बताएका छन् । आफूलाई संघभन्दा प्रदेश सरकार नै विश्वासिलो लागेको बताए ।  प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै सिटौलाले अस्थिरता प्रदेशको प्रमुख चुनौती बनेको बताए । “राजनीतिक व्यक्ति सामाजिक कार्यमा छौँ भन्ने पुष्टि गर्न चुनौती छ । प्रशासन अस्थिर छ,” उनले भने, “बजेट पास भएको छैन । कर्मचारी निराश छन् । कसरी हौसला बढाउनेरु शासक ठिक भए प्रशासनको मनोबल बढ्छ ।”

सिटौलाले सरकारले जग्गा अपचलन गर्ने र सुन तस्करीका विषयमा गम्भीर भइ अनुसन्धान गर्नुपर्ने सुझाव दिए ।‌ भ्रष्टाचारका ठूला विषय कोसी प्रदेशमा नपसोस् भन्दै उनले जग राम्रो बसाए घर बलियो हुन्छ भने जस्तै प्रदेशको जग बलियो हुने सुनाए । “विधिले मुलुक चलेको छैन । सरकार मुकदर्शक छ,”  सिटौलाले भने, “केन्द्रको सरकारसँग मलाई विश्वास छैन । प्रदेशसँग आश गर्न सकिन्छ । नामकरण दलले सहमतिमा गरेको हो तर अहिले विभिन्न दलले गलत ढंगले व्याख्या गरेर हिँडेका छन् ।‌ संविधानसम्मत राखिएको नाम त्यसरी नै परिवर्तन गर्न सकिन्छ ।”राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने सदनसमक्ष जानकारी गराए ।

 

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १५:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट