sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब सरकारलाई साथ दिने कुरामा अघि बढौं : उद्धव थापा

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १६:0४
अब सरकारलाई साथ दिने कुरामा अघि बढौं : उद्धव थापा
  • कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापा
  • “हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं”
  • भुक्तानी बाँकी भएका योजनामा काम गर्न सरकारलाई सुझाव
  • वार्ता समिति बनाएर छलफल अघि बढाउं 

विराटनगर ।।

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् । कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, “एमालेको समर्थन प्राप्त हुँदा हामीहरू समाधान तर्फ लागेका छौँ । अब सरकारलाई साथ दिने कुरामा अघि बढौं ।” थापाले कांग्रेसबाट आठ भाइ माननीयले दलभित्र झगडा गरेको, कुन्ठा बोकेर हिँडेको, युद्धको मैदानमा पुगेको र आफूहरूले माला लगाएर स्वागत गरेको बताए ।

“हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं । एमालेबाट हामीले पाठ सिकेका छौँ त्यहाँ पनि झगडा छ । हामीले मुख्यमन्त्रीलाई साथ दिएका छौँ,” थापाले भने, “अब गम्भीर रूपमा सोच्न पर्छ ।‌ पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशबाट निर्णय गर्ने भन्नु भएको थियो अब सोच्नुहोस् । यही सरकारलाई निरन्तरता दिऔं ।” अन्य प्रदेशमा बजेट कार्यान्वयन भएको तर कोसीमा भने अध्यादेशको खोल ओढाउन परेको सुनाए । स्रोत सुनिश्चित नहुँदा प्रदेशका धेरै योजना अलपत्र अवस्थामा परेको भन्दै थापाले कार्यक्रममा आएका योजना र भुक्तानी बाँकी भएका योजनामा काम गर्न सरकारलाई सुझाव दिए । नामकरणको विषयमा समस्या आएको भन्दै थापाले वार्ता समिति बनाएर छलफल अघि बढाउनु पर्ने धारणा राखे ।

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid