April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

डोजरको ठक्करबाट बृद्धको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० ११:२१
डोजरको ठक्करबाट बृद्धको मृत्यु
  • गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु
  • मोटरबाटो मर्मत गर्ने क्रममा डोजरले ठक्कर दियो 
  • कृष्णबहादुर लामिछाने नियन्त्रणमा
  • सुनारको शव सदरमुकाम तम्घासस्थित अस्पतालमा राखियो 

गुल्मी ।।

गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई ठक्कर दिएको हो । रेसुंगा–१४, टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट बुधबार सुनार सख्त घाइते भएका थिए । उनको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । प्रहरीले डोजर चालक पाल्पाको माथागडी गाउँपालिका–७ का कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ । सुनारको शव सदरमुकाम तम्घासस्थित अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।