April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अपरेसनपछि गृहमन्त्री श्रेष्ठ ‘खतरामुक्त’

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १२:0८
अपरेसनपछि गृहमन्त्री श्रेष्ठ ‘खतरामुक्त’
  • गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त
  • चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत
  • बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना

काठमाडौं ।।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी गराइएको छ । गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना गरिएको हो । उनलाई हृदयाघात भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी गराइन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले गृहमन्त्री श्रेष्ठको अपरेसन गरिएको र बोल्न सक्ने अवस्थामा रहेको बताइन् ।

“गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलाई अचानक गए राति हृदयाघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेसन भएको छ,” सञ्चारमन्त्री शर्माले भनिन्, “उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । केही दिन उहाँ उतै रहनुहुनेछ । बोल्न सक्ने स्थितिमा आउनुभएको छ ।” गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीका अनुसार उनको मुटुको एउटा भल्ब ‘ब्लक’ भएको थियो । त्यसको अपरेसन गरेर स्टेन राखिएको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।