May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

इजरायलमा बन्धक बनाइएका विपीन जोशीको रिहाइ माग गर्दै प्रदर्शन

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १३:३५
इजरायलमा बन्धक बनाइएका विपीन जोशीको रिहाइ माग गर्दै प्रदर्शन
  • समाजले आतंकवाद र युद्धविरुद्ध अभियान प्रारम्भ
  • विपीन जोशीसहित सबै बन्धकहरूको बिनासर्त रिहाइको माग
  • बौद्ध स्तुप अगाडि शान्ति समाजको आयोजनामा आधा घण्टा प्रदर्शन
  • विश्व शान्तिका लागि खतरा लेखिएका प्लेकार्डहरू प्रदर्शन

काठमाडौं ।।

मानव अधिकार तथा शान्ति समाजले आतंकवाद र युद्धविरुद्ध अभियान प्रारम्भ गरेको छ । यस क्रममा ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आतंकवादी हमलामा बन्धक बनाइएका नेपालका विपीन जोशीसहित सबै बन्धकहरूको बिनासर्त रिहाइको माग गर्दै बुधबार साँझ काठमाडौंको बौद्ध स्तुप अगाडि शान्ति समाजको आयोजनामा आधा घण्टा प्रदर्शन भएको छ । प्रदर्शनमा शान्तिवादीहरूले ‘हाम्रा प्रिय विपीन जोशी कहाँ छन् ?’ भन्दै जोशीसहित बन्धक बनाइएका सबैको रिहाइको माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा हमासको आतंकवादलाई बोक्ने र प्रायोजन गर्ने काम बन्द गर्न र इजरायलले गरेको मानवता वरुद्धको अपराधमा मतियार बन्ने काम बन्द गर्न अन्तर्राष्ट्रिय समुदायलगायत विभिन्न देशहरूलाई आह्वान गरिएको थियो । प्रदर्शनमा हमासको आतंक र इजरायलको बर्बरताका कारण मानवता पराजित हुँदै छ, हमासको आतंकवाद र इजरायलको उद्दण्डताः विश्व शान्तिका लागि खतरा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो । प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईं, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकालसहित तीन दर्जन बढीको सहभागिता थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।