sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आफ्नै सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाएपछि…..

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १0:३७
आफ्नै सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाएपछि…..
  • सहकर्मीमाथि पेट्रोल छर्केर एकजना आगो लगाई भागे
  • साढे ९ बजे प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लियो 
  • आगो सल्किएर सोही स्थानमा रहेका अरू दुई व्यक्ति समेत घाइते भए

काठमाडौं ।।

ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भागेका एकजना परेका छन् । पक्राउ पर्नेमा पर्साका शिवु भनिने २६ वर्षीय सुवास विक छन् । गएको मंगलबार (असोज २३) बिहान करिब साढे ९ बजे प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लिएको हो । सुवास ललितपुर महानगरपालिका-१७, ग्वार्कोमा बस्दै आएका थिए । गएको सोमबार सुवासले ग्वार्कोस्थित एसबी ह्यान्डग्राफीमा कार्यरत पर्साकै २४ वर्षीय अरुण विश्वकर्मामाथि पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार थिए । सुवास पनि सोही ह्यान्डग्राफीमा कार्यरत कर्मचारी भएको महानगरीय अपराध महाशाखाका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

महाशाखाकै टोलीले सुवासलाई पक्राउ गरेको हो । उनी र अरुण पर्साको एकै स्थानका भएको प्रहरीले जनाएको छ । सुवासले पेट्रोल छर्केर आगो लगाउँदा अरुणसहित तीनजना घाइते भएका छन् । आगो सल्किएर सोही स्थानमा रहेका अरू दुई व्यक्ति समेत घाइते भएका एसपी रेग्मीले जानकारी दिए । प्रहरीका अनुसार कीर्तिपुरस्थित बर्निङ अस्पतालमा घाइतेको उपचार भइरहेको छ । पक्राउ परेका सुवासलाई थप अनुसन्धान र कारबाहीका  निम्ति प्रहरी वृत्त सातदोबाटोमा पठाइएको सो महाशाखाले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid