May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

आफ्नै सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाएपछि…..

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १0:३७
आफ्नै सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाएपछि…..
  • सहकर्मीमाथि पेट्रोल छर्केर एकजना आगो लगाई भागे
  • साढे ९ बजे प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लियो 
  • आगो सल्किएर सोही स्थानमा रहेका अरू दुई व्यक्ति समेत घाइते भए

काठमाडौं ।।

ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भागेका एकजना परेका छन् । पक्राउ पर्नेमा पर्साका शिवु भनिने २६ वर्षीय सुवास विक छन् । गएको मंगलबार (असोज २३) बिहान करिब साढे ९ बजे प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लिएको हो । सुवास ललितपुर महानगरपालिका-१७, ग्वार्कोमा बस्दै आएका थिए । गएको सोमबार सुवासले ग्वार्कोस्थित एसबी ह्यान्डग्राफीमा कार्यरत पर्साकै २४ वर्षीय अरुण विश्वकर्मामाथि पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार थिए । सुवास पनि सोही ह्यान्डग्राफीमा कार्यरत कर्मचारी भएको महानगरीय अपराध महाशाखाका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

महाशाखाकै टोलीले सुवासलाई पक्राउ गरेको हो । उनी र अरुण पर्साको एकै स्थानका भएको प्रहरीले जनाएको छ । सुवासले पेट्रोल छर्केर आगो लगाउँदा अरुणसहित तीनजना घाइते भएका छन् । आगो सल्किएर सोही स्थानमा रहेका अरू दुई व्यक्ति समेत घाइते भएका एसपी रेग्मीले जानकारी दिए । प्रहरीका अनुसार कीर्तिपुरस्थित बर्निङ अस्पतालमा घाइतेको उपचार भइरहेको छ । पक्राउ परेका सुवासलाई थप अनुसन्धान र कारबाहीका  निम्ति प्रहरी वृत्त सातदोबाटोमा पठाइएको सो महाशाखाले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।