काठमाण्डाै – दशैँ बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ ।
आमनागरिकको मानव अधिकार संरक्षणलाई दृष्टिगत गरी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
आयोगले यस अवधिमा मानव अधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने बताएको छ ।