May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

लुक्लाको खुम्ब्युला रिसोर्टमा आगलागी

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० १५:१३
लुक्लाको खुम्ब्युला रिसोर्टमा आगलागी

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय नगरी लुक्ला बजारको रिसोर्टमा आगलागी भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका २ लुक्ला स्थित खुम्ब्युला रिसोर्टमा आज शुक्रबार विहान करिब १० बजेबाट आगलागी भएको हो । उक्त रिसोर्टमा विद्युत सर्ट भएर ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको सहकर्मी तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटकहरु ब्रेकफस्ट गरेरहेको समयमा एक्कासि रिसोर्टमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । आगो निभाउन प्रहरीसहित स्थानीयबासी सकृय भएको सोेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउनुभयो ।

घटनास्थलमा थप प्रहरी फोर्स परिचालित गरिएको सोलुखुम्बुुका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठको भनाई छ । घरहरुसँगै जोडिएरकाले अन्य घरहरु जोगाउने प्रयास भईरहेको छ भने फायर सिस्टमको मद्धतबाट आगो नियन्त्रणकोभईरहेको बताइएको छ । उक्त रिसोर्ट स्थानीय चुङ्बा शेर्पाले सञ्चालन गरेको बताइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० १५:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।