April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १0:२५
गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

चितवन । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् ।

बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना-टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ ।

झण्डै एक साता लामो विद्यालय बन्दका क्रममा विद्यार्थीहरू पौडी खेल्न खोलामा जाने, झनै घाममा हिँडडुल गर्न सक्ने भएकाले उनीहरूलाई सिप सिकाउने उद्देश्यले ग्लोसाइन एकेडेमीले दुनाटपरी बनाउने र बत्ती कत्ने तालिम दिएको हो ।

‘विद्यार्थीहरु घरभित्रै व्यस्त हुने, सिप पनि सिक्ने र हाम्रो संस्कृति र परम्पराको जर्गेनासमेत हुने ठानेर तालिम आयोजना गरिएको हो,’ विद्यालयका प्राचार्य टेकराज अधिकारीले भने ।

कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु यो तालिममा सहभागी छन् । तालिम अभिभावकहरू (आमाहरू) ले दिएका छन् । ‘विद्यालयले पात र सिन्का उपलब्ध गराएको छ, अनुभवी हाम्रै आमाहरुले आएर तालिम दिनुभएको छ, विद्यार्थीहरु निकै उत्साहित छन्,’ विद्यालयका प्राचार्य अधिकारीले भने, ‘हरेक घरमा हुने पूजाआजा लगायतका धार्मिक काममा दुनाटपरीको खाँचो पर्छ, अहिलेको नयाँ पुस्तालाई हामीले यो ज्ञान नसिकाए हराउँदै जाने खतरा पनि देखियो ।’

दुनाटपरी बनाउने र कपासका बत्ती कात्ने तालिममा छात्रहरूभन्दा बढी छात्राहरू उत्सुक देखिएको प्राचार्य अधिकारीको भनाइ छ ।

तालिममा ९६ जना छात्रा र १४ जना छात्र सहभागी छन् । ‘सालको पात टपरी हुने भन्ने गीत मात्रै सुनेका अहिलेका बालबालिकाहरुले सालको पातबाट कसरी टपरी बनाउन सकिन्छ भनेर आफ्नै आँखा अगाडि देख्न र सिक्न पाए,’ विद्यालयका प्राचार्य अधिकारीले भने, ‘साना-साना बालबालिकालाई सिकाउन पाउँदा अभिभावकहरू पनि खुसी हुनुभएको छ, सिप जीविकोपार्जनका लागि टेवा दिने खालको पनि छ ।’

उनले तालिमबाट उत्कृष्ट तीन विद्यार्थीलाई छनौट गरेर पुरस्कृत गरिने बताए । बजारबाट सालको पात र सिन्का किनेर ल्याएर घरमा आफैंले दुना टपरी बनाउन सक्ने गरी विद्यार्थीलाई सिकाइने उनको भनाइ छ ।

विद्यालयले दुना, टपरी बनाउने र बत्ती कात्ने तालिमलाई विद्यालयको शैक्षिक क्यालेण्डरभित्रै समावेश गरेको छ । आउने दिनमा सेलरोटी पकाउने र च्याउ खेती गर्ने तालिम दिने योजनासमेत रहेको विद्यालयका प्राचार्य अधिकारीले जानकारी दिए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट