May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सोलुखुम्बुमा तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटना, हेलिकप्टरविहीन बन्याे मनाङ एअर

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ९, २०८० १३:५१
सोलुखुम्बुमा तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटना, हेलिकप्टरविहीन बन्याे मनाङ एअर

सोलुखुम्बु – सोलुखुम्बुमा तीन महिनामा मनाङ एअरका दुई वटा हेलिकप्टर दुर्घटनामा परे । मनाङ एअरले असार २६ गते र असोज २७ गते भएको हेलिकप्टर दुर्घटनामा दुई जना पाइलट गुमायाे।

गएकाे असाेज २७ गते शनिवार साेलुखुम्बुको लाेबुचेमा मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँकाे हिजाे बुधवार ज्यान गएकाे हाे । मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेर घाइते हुनुभएका सेढाईँकाे भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा ज्यान गएकाे हाे ।

यस्तै, यसअघि असार २६ गते सोलुखुम्बुकै लामाजुरामा भएको मनाङ एअरकै हेलिकप्टर दुर्घटनामा पाइलट चेतबहादुर गुरुङको ज्यान गएकाे थियाे । मनाङ एअरको ९ एन–एएमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परि पाइलट गुरुङसहित ६ जनाको ज्यान गएकाे थियाे । मेक्सिकन नागरिकहरू सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिकको ज्यानले दुर्घटनामा ज्यान गुमाएका थिए।

तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटनामा परेपछि अहिले मनाङ एअर हेलिकप्टरविहीन भएको छ । उसको उडान प्रमाणपत्र (एअर अपरेटर सर्टिफिकेट) समेत नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ ।

मनाङ एअरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । प्राधिकरणले मनाङ एअरको वस्तुस्थितिकाे समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुने भुलले बताउनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ९, २०८० १३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट