May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

धितोपत्र बोर्डका अध्यक्षलाई बोलायो अर्थ समितिले

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १३:00
धितोपत्र बोर्डका अध्यक्षलाई बोलायो अर्थ समितिले

काठमाडौं ।।

  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ समितिको बैठकमा बोलाउने
  • सिंहदरबारमा बसेको समितिको बैठकबाट उनीहरूलाई छलफलका लागि बोलाउने निर्णय
  • सम्बोधन गर्न गभर्नर र अध्यक्षलाई बोलाउने निर्णय

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ समितिको बैठकमा बोलाउने निर्णय गरिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकबाट उनीहरूलाई छलफलका लागि बोलाउने निर्णय गरिएको हो । बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठाइएकाले त्यसलाई सम्बोधन गर्न गभर्नर र अध्यक्षलाई बोलाउने निर्णय गरिएको समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य सन्तोष चालिसेले बताए।

त्यसअघि, सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाएकी थिइन् । महँगो मूल्य भएकाले कम्पनीको आईपीओमा स्थानीयले आवेदन दिन नसकेको उनले उल्लेख गरिन् । सो विषयमा धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा उनले जोड दिइन् । सांसद ज्ञानेन्द्र शाही र पूर्णबहादुर तामाङले पनि बैंकको कार्यक्षमतामा प्रश्न उठाएका थिए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १३:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।