April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा नेपाली सेनाको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० २0:३८
शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा नेपाली सेनाको मृत्यु

दाङ । दाङमा शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ । ज्यान जानेमा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो ।

लमजुङ मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउसो साढे १२ बजे शौचालय जाने क्रममा करिब दुई सय मिटर तल अर्जुन खोलामा खसेको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिनुभयो ।

सैनिक पोष्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा शीतल थापा खसेको अनुमान प्रहरीले गरेको छ । थापालाई लमही अस्पतालमा मृत घोषणा गरिएको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० २0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट