April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

कोप–२८ मा नेपालले के उठाउँदैछ एजेन्डा ?

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० 0८:२१
कोप–२८ मा नेपालले के उठाउँदैछ एजेन्डा ?

काठमाडौं । विश्व जलवायु सम्मेलनमा पुरानै मुद्दा उठाउने तयारी सरकारको छ। दुबईमा हुने यस वर्षको कोपमा नेपाल सरकारले विगतको झैं जलवायु वित्त, हानिनोक्सानी, अनुकूलन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, न्यूनीकरण, कार्बन व्यापार, ग्लोबल स्टक टेक, पारदर्शिता, बालबालिका, युवा र लैंगिक मुद्दा अघि सारेको छ। तर, फरक के छ भने यसपल्ट आफ्ना मुद्दालाई स्थापित गर्ने र सशक्त रूपमा प्रस्तुत हुने दाबी सरकारले गरिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यसपल्ट पहिलाका जस्तै मुद्दाहरू उठाउने बताएका छन्। राष्ट्रिय जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफ्ना मुद्दालाई १ सय ६० भन्दा बढी देशका राष्ट्र÷सरकार प्रमुखका अगाडि सशक्त ढंगले राख्ने तयारी भएको बताएका छन्।

इजिप्टमा गतवर्ष भएको कोप–२७ मा पनि नेपालले हानिनोक्सानी, अनुकूलन, जलवायु वित्त, पर्वतीय मुद्दा, न्यूनीकरण लगायतका विषय प्रमुख मुद्दा बनाएको थियो। गरिब देशहरूले जलवायुका कारण भोग्ने समस्याको क्षतिपूर्ति पाउनुपर्ने अडान नेपालको थियो। यो माग सम्बोधन गर्न नयाँ कोषको स्थापना पनि भएको थियो। उक्त कोषमार्फत प्रत्येक वर्ष ५ सय अर्ब डलर वित्त प्रवाह गर्ने प्रतिबद्धता धनी देशहरूको छ।

जलवायु परिवर्तनबाट सबैभन्दा बढी पर्वतीय क्षेत्र प्रभावित भएकाले नेपालको सुझावलाई प्राथमिकताका साथ हेरिएको थियो। यस वर्षमा पनि माहोल उस्तै रहेको प्रधानमन्त्री प्रचण्डले बताइसकेका छन्।

संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको भ्रमणका क्रममा पर्वतीय क्षेत्रमा पारेको प्रभाव संसारले देखिसकेको प्रचण्डको भनाइ छ। महासचिव गुटेरेसले विश्वव्यापी जलवायु संकटले नेपाललाई कडा प्रहार गरेको भिडियो सन्देश खुम्बु र अन्नपूर्ण क्षेत्रबाट प्रवाह गरेका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० 0८:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट