June 18, 2024 | मङ्लबार, असार ४, २०८१
सुचनाहरु
गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट

सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १६:१२
सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ

काठमाडौं । पर्सा प्रहरीले १० केजी लागु औषध गाजाँसहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं-२१ हनुमानचोक स्थित सडकखण्डमा यस कार्यालय मातहत प्रहरी चौकी परवानिपुरबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा २ जना महिलालाई पक्राउ गरेको हाे ।

नारायणगढ चितवनबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक बसमा चेकजाँच गर्दा बसको पछाडीको सिटमा बसेका महिलाहरूको छेउमा राखिएको पिठ्युमा बोक्ने कालो रंङको २ वटा झोला भित्र हरियो प्लाष्टिकले बेरी लुकाई छिपाई राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागु औषध गाँजासहित मकवानपुर राक्सिरांङ गा।पा। वडा नं। २ बस्ने ईन्द्र कुमारी चेपाङ्ग र फुलमाया स्याङ्बोलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जनाएकाे छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्