December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

प्रवेश गर्न नदिएको भन्दै मतगणनास्थलमै तोडफोड

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १५:२१
प्रवेश गर्न नदिएको भन्दै मतगणनास्थलमै तोडफोड
  • नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड
  • नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी
  • मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरद्वारा सिटीहलमा तोडफोड

 सुर्खेत ।।

नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् । अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरले सिटीहलमा तोडफोडमा गरेका छन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।

सत्य शाही अनाधिकृत व्यक्ति रहेको र जवरजस्त मतगणना स्थलमा घुस्न खाजेपछि प्रहरीले नियन्त्रमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए । ‘विद्यार्थी नेता सत्य शाही अनाधिकृत व्यक्ति मतगणनास्थलमा घुस्न खोजेपछि सामान्य विवाद भएको थियो । उनलाई हामीले नियन्त्रणमा लिई सम्झाइ बुझाइ गरेर छोडेका छौं,’ डीएसपी शाहीले भने । मतदानमा ६०९ मत खसेकोमा गणना गर्दा ६०५ मात्रै भेटिएपछि अनेरास्ववियुका नेता शाहीले बिरोध गरेका थिए ।घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । सुरक्षाव्यवस्था कडा पारिएको र मतगणना जारी रहेको डीएसपी शाहीले बताए ।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १५:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।