May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजासहित स्वागत

  • साझा परिवेश
  • सोमवार, कार्तिक १३, २०८० १७:१६
राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजासहित स्वागत

कास्की – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएकाे छ । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत आज साेमवार दिउँसाे पाेखराकाे पुरानाे विमानस्थल आइपुग्नुभएकाे हाे ।

गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको टोलीले विमानस्थलमा स्वागत गर्नुभएकाे थियाे ।उहाँलाई विमानस्थल परिसरमा पाेखराका विभिन्न सङ्घ–संस्थाले बाजागाजासहित स्वागत गरेका थिए ।

महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी कास्कीमा सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयाे ।

महासचिव गुटेरेस भाेलि मङ्गलवार अन्नपूर्ण आधार शिविर (एबीसी) का लागि निस्कनु हुनेछ । उहाँ मङ्गलवार बिहान साढे ६ बजे आधार शिविरका लागि प्रस्थान गर्नुहुनेछ । अन्नपूर्ण आधार शिविरमा शुक्रवार नै नेपाली सेनाको टोली पुगिसकेको छ ।

महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । आधार शिविरमा यसअघि एक वटामात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन त्यहाँ थप हेलिप्याड निर्माण गरिएको छ ।

आधार शिविरमा नेपाली सेनाको टोली, छोम्रोङ पर्यटन व्यवस्थापन समितिको टोली, जिल्ला प्रहरी कार्यालय कास्कीको टिमसँगै गाउँपालिकाको टिमले व्यवस्थापन काम गरेको छ । आधार शिविरबाट महासचिव गुटरेस साढे ७ बजे पोखरा विमानस्थल फर्किनु हुनेछ । त्यहाँबाट बिहान सवा ८ बजे उहाँ लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक १३, २०८० १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।