April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे

  • साझा परिवेश
  • सोमवार, कार्तिक १३, २०८० १७:१७
टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्याे ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान राेहित पाैडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई/दुई विकेट लिए ।

यस्तै, सिङ्गापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान गरे भने आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्ष पुरीले १३ रन जोडे ।

अब, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् ।

समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक १३, २०८० १७:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।