sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्र सङ्घका महासचिव गुटेरेस लुम्बिनीमा, युद्धरत देशलाई शान्तिको बाटोमा लाग्न आग्रह

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:४५
राष्ट्र सङ्घका महासचिव गुटेरेस लुम्बिनीमा, युद्धरत देशलाई शान्तिको बाटोमा लाग्न आग्रह

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गर्नुभएको छ ।

आज मङ्गलवार बिहान पोखराबाट अन्नपूर्ण आधार शिविर जानुभएका गुटेरेस फेरि पोखरा फर्किएर लुम्बिनी पुग्नुभएको हो । महासचिव गुटेरेसले लुम्बिनीबाट युद्धरत देशहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गर्नुभयो । गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा खुशी लागेको भन्दै गुटेरेसले युद्धरत देशलाई शान्तिको बाटोमा लाग्न आग्रह गर्नुभएको हो ।

यस्तै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्रै नभएर शान्ति र सद्भावको केन्द्रसमेत रहेको बताउनुभयाे । गुटेरेसकाे लुम्बिनी भ्रमणले विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह भएको भन्दै प्रचण्डले उहाँलाई धन्यवाद दिनुभएको छ ।

झन्डै दुई घण्टा लुम्बिनीमा बिताएपछि गुटेरेस काठमाण्डौ फर्किँदै हुनुहुन्छ । उहाँले अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid