May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

राष्ट्र सङ्घका महासचिव गुटेरेस लुम्बिनीमा, युद्धरत देशलाई शान्तिको बाटोमा लाग्न आग्रह

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:४५
राष्ट्र सङ्घका महासचिव गुटेरेस लुम्बिनीमा, युद्धरत देशलाई शान्तिको बाटोमा लाग्न आग्रह

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गर्नुभएको छ ।

आज मङ्गलवार बिहान पोखराबाट अन्नपूर्ण आधार शिविर जानुभएका गुटेरेस फेरि पोखरा फर्किएर लुम्बिनी पुग्नुभएको हो । महासचिव गुटेरेसले लुम्बिनीबाट युद्धरत देशहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गर्नुभयो । गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा खुशी लागेको भन्दै गुटेरेसले युद्धरत देशलाई शान्तिको बाटोमा लाग्न आग्रह गर्नुभएको हो ।

यस्तै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्रै नभएर शान्ति र सद्भावको केन्द्रसमेत रहेको बताउनुभयाे । गुटेरेसकाे लुम्बिनी भ्रमणले विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह भएको भन्दै प्रचण्डले उहाँलाई धन्यवाद दिनुभएको छ ।

झन्डै दुई घण्टा लुम्बिनीमा बिताएपछि गुटेरेस काठमाण्डौ फर्किँदै हुनुहुन्छ । उहाँले अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।