May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

२६ अंक माथिले घट्यो नेप्से सूचक

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १३, २०८० १६:१३
२६ अंक माथिले घट्यो  नेप्से सूचक

काठमाडौँ । लगातारको गिरावटसँगै सेयर बजार परिसूचक नेप्से १९ सयको बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २६.८१ अंकले घट्दै १९ सय ७९.०२ बिन्दुमा झर्न पुगेको हो । यस्तै, आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७४ अंकले घट्दै ३५३.८३ अंकमा झरेको छ ।

मौद्रिक नीतिको पहिलो समीक्षापछि २१ सयको बिन्दुमा पुगेको नेप्से सूचक सोही मौद्रिक नीतिको दोस्रो त्रयमासको समीक्षापछि पुनः ओरालो लाग्न पुगेको हो ।

आज कूल २४८ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर दोस्रो बजारमा कारोबार भएकोमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज फाइनान्स र म्यानु एण्ड प्रो समूहका उपसूचक धनात्मक भएकोमा बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स र म्यानु एण्ड प्रो समूहको उपसूचक क्रमशः १.४० प्रतिशत र ०.८० प्रतिशतले वृद्धि भएका छन् ।

आज कूल २४८ कम्पनी दोस्रो बजारमा भाग लिएकामा २०६ कम्पनीको मूल्य घटेको छ भने ३८ कम्पनीको बढेको र ४ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज बोटर्लस नेपाल (बालाजु) को सेयर मूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले घटेका छन् ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १३, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट