May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई

बिग्रिएको मिठाइ बेच्ने टिपटपलाई २ लाख रुपैयाँ जरिवाना

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १४:५४
बिग्रिएको मिठाइ बेच्ने टिपटपलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । उपभोग गर्ने म्याद गुज्रिएर विग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १७ नघलमा रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘प्राप्त सूचनाका आधारमा अनुगमन भएको हो ।’

गुनासो आएपछि कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो ।

फाटेको दुधमा दुधवरी बनाइएको पाइयो । पसलमा बस्ने व्यक्तिहरुमा शिष्टाचार थिएन । रुखो र अशिष्ट बोलीचाली थियो । निरीक्षण अधिकृत डा. झाले अवस्थाका विषयमा भन्नुभयो, ‘उचित तापक्रममा नराखेका कारण दुध फाटेको र त्यही फाटेका दुधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको हो ।’

झाकाअनुसार अनुगमनका क्रममा करिब ५ किलोग्राम विग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो ।

जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, विग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १४:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।