May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ

गाजाको शरणार्थी क्याम्पमा विष्फोट, ५० को मृत्यु

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:१५
गाजाको शरणार्थी क्याम्पमा विष्फोट, ५० को मृत्यु

उत्तरी गाजाको जबालिया शरणार्थी क्याम्पमा भएको विष्फोटमा ५० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। हमास शासित स्वास्थ्य मन्त्रालय तथा नजिकैको इन्डोनेसियन अस्पतालका अनुसार विष्फोटमा थुप्रै मानिस घाइते पनि भएका छन्।

समाचार एजेन्सीहरुले घटनास्थलका हृदयविदारक तस्बिर तथा भिडियोहरु सार्वजनिक गरेका छन्, जसमा मानिसहरु भग्नावशेषमा आफन्तजन खोजिरहेका देखिन्छन्।

यो विष्फोट इजरायली हवाई हमलाका कारण भएको हमासको भनाइ छ। यसको बारेमा इजरायली पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन।

गाजा शहरको उत्तरी क्षेत्रमा रहेको जबालिया क्याम्प गाजाका आठ शरणार्थी क्याम्पमध्येको सबैभन्दा ठूलो हो। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ जुलाईसम्ममा त्यहाँ १ लाख १६ हजारभन्दा बढी प्यालेस्टिनी शरणार्थीले नाम टिपाएका छन्।

सन् १९४८ को लडाइँपछि त्यहाँ शरणार्थी बस्न थालेका हुन्। यो सानो तर घना बसोबास भएको क्षेत्र हो। जबालियामा २६ स्कुल, एक फुड डिस्ट्रिब्युसन सेन्टर र दुई स्वास्थ्य केन्द्र पनि छन्।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।