May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

गाजाको शरणार्थी शिविरमा विस्फोट, ५० जनाको मृत्यु

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:५४
गाजाको शरणार्थी शिविरमा विस्फोट, ५० जनाको मृत्यु

एजेन्सी : उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ। हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ।

इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ। यद्यपि यो विस्फोटबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन। विस्फोटस्थलको भग्नावशेषबाट कम्तीमा ५० शव निकालिएको अधिकारीहरुले जनाएका छन्।

मानिसहरू भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। गाजा शहरको उत्तरी क्षेत्रमा अवस्थित जबलिया क्याम्प गाजाका आठ शरणार्थी शिविरमध्ये सबैभन्दा ठूलो हो।

संयुक्त राष्ट्रसंघका अनुसार जुलाई २०२३ सम्ममा १ लाख १६ हजार प्यालेस्टिनी शरणार्थीहरूले यहाँ दर्ता गराएका छन्। सन् १९४८ को युद्धपछि यहाँ शरणार्थीहरू आएर बस्न थालेका थिए। यो सानो तर सघन जनसंख्या भएको क्षेत्र हो।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।