April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै

२३ लाखलाई बचाउन गाजामा जान लागेका ट्रक रोकिए

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० ११:३७
२३ लाखलाई बचाउन गाजामा जान लागेका ट्रक रोकिए
  • तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित
  • २३ लाख प्यालेस्टाइनीहरूका लागि सहायता सामग्री रोकियो

काठमाडौं ।।

तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीहरूका लागि सहायता सामग्री पठाइएका ट्रक इजिप्टमा रोकिएका छन् । गाजापट्टीमा प्रवेश गर्न राहत सहायता बोकेका सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा रोकिएका हुन् । गाजा प्रवेश गर्ने सामग्रीसहितका ट्रकको संख्या बढे पनि ती ट्रकहरु गाजा प्रवेशका लागि अनुमति कुरिरहेको बताइएको छ । दैनिक आवश्यक पर्ने सय ट्रक सामानको मात्रा अझै कम रहेको बताइएको छ । इजरायल-हमास द्वन्द्व सुरु भएको दुई हप्तापछि अक्टोबर २१ मा रफाह हुँदै मानवीय सहायता बोकेका करिब २५० ट्रक प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरेका छन् ।

अल्जेरिया, कुवेत, इराक, टर्की, संयुक्त अरब इमिरेट्स, बहराइन, ट्युनिसिया, फ्रान्स, डेनमार्क, इटाली, बेल्जियम, भेनेजुएलालगायत संयुक्त राष्ट्रसंघका एजेन्सीहरूलगायत धेरै देशले राहत सामग्री बोकेका विमानहरू पठाइसकेका छन् । जारी इजरायल-हमास द्वन्द्वमा दुवै पक्षका आधिकारिक तथ्यांकअनुसार ८ हजार ५२५ प्यालेस्टाइनी र १, हजार ४ सय इजरायली मारिएका छन् । इजरायली रक्षा बलका अनुसार हमासले गरेको आक्रमणमा जम्मा २३९ जनालाई बन्धक बनाएको थियो ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।