April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण

गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्न जाँदै गठबन्धन दल

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १४:0३
गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्न जाँदै गठबन्धन दल

पोखरा । गण्डकी प्रदेशमा गठबन्धन दलहरूले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले दिएको समय सीमा घर्किन लाग्दा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दलहरू दाबी गर्न जान लागेका हुन् ।

प्रदेश प्रमुखले सरकार गठनका लागि आज अपरान्ह ४ बजेसम्मको समयसीमा छ । दिउँसो २ बजे कांग्रेस-माओवादीको संसदीय दलको संयुक्त बैठक बस्दैछ । बैठकमा छलफलपछि सरकारमा दाबी पेस गर्ने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

गण्डकीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मुख्यमन्त्री दाबी गर्दै आएका थिए । शीर्ष नेताहरूबीच पहिलो चरणमा कांग्रेस र दोस्रो चरणमा माओवादीले नेतृत्व गर्ने गरी सहमति भएको भन्दै चुमान पछि हटेका हुन् ।

खगराज अधिकारी पदमुक्त भएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार संविधानको धारा १६८ उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसदको पनि साथ छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।