May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

बन्धकका निम्ति युद्ध रोक्न बाइडेनको आग्रह

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १३:११
बन्धकका निम्ति युद्ध रोक्न बाइडेनको आग्रह
  • बन्धक बनाएका नागरिकको रिहाइका निम्ति गाजामा केही सयम युद्ध रोक्न आग्रह
  • त्यहाँ हालसम्म करिब आठ हजार ८०० मानिसको मृत्यु
  • विदेशी राहदानी बोकेका ३३५ र ७६ जना गाजाका घाइते नागरिक इजिप्ट पुगे

काठमाडौं ।।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक बनाएका नागरिकको रिहाइका निम्ति गाजामा केही सयम युद्ध रोक्न आग्रह गरेका छन् । बाइडेनले युद्धविरामको आह्वान भने गरेका हैनन् । गाजामा इजरायलले ठूलो आक्रमण जारी राखेको छ । त्यहाँ हालसम्म करिब आठ हजार ८०० मानिसको मृत्यु भइसकेको बताइएको छ । धेरै देशहरूले युद्धविरामको माग गरिरहेका छन् ।

अमेरिकाले भने मानिसलाई गाजाबाट निकाल्न छोटो समयका निम्ति मात्र युद्ध रोक्न सहमति जनाएको छ । यसबीच इजिप्टतर्फको सीमा रफाह क्रसिङ हुँदै गाजाबाट थप मानिस बाहिरिने अपेक्षा गरिएको छ । हिजो (बुधबार) रफाह ‘पास’बाट विदेशी राहदानी बोकेका ३३५ र ७६ जना गाजाका घाइते नागरिक इजिप्ट पुगेका थिए । इजरायली सेनाले आफ्नो जेट विमानले जबलियामा रहेको हमासको अखडामा आक्रमण गरेको र दुई लडाकु मारिएको जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।