May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

मधेस प्रदेशमा दशगजा क्षेत्रका सीमास्तम्भ मर्मत सुरु

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १५:५१
मधेस प्रदेशमा दशगजा क्षेत्रका सीमास्तम्भ मर्मत सुरु
  • नेपाल-भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनर्निर्माण
  • मर्मतसम्भार र पुनःस्थापना सुरु

जनकपुरधाम ।।

सशस्त्र प्रहरी बल नेपालले मधेस प्रदेशका आठै जिल्लास्थित नेपाल-भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनर्निर्माण, मर्मतसम्भार र पुनःस्थापना सुरु गरेको छ । बिहीबार धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका-६, जटही नाकानजिक रहेको सीमास्तम्भ नं २८५/४ बाट मर्मतसम्भार सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिए । प्रदेशका आठ जिल्लामा रहेका चार हजारभन्दा बढी स्तम्भमध्ये पहिलो चरणमा नेपाल पक्षबाट बिजोर नम्बरका एक हजारभन्दा बढीको आवश्यकतानुसार पुनर्निर्माण, मर्मतसम्भार र पुनःस्थापनाको काम गरिने शाहको भनाइ छ ।

“वि.सं. २०७७ साउन १९ गते नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार बनाइएको ‘सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड २०८०’ बमोजिम आजदेखि बिजोर नम्बरका सीमास्तम्भको पुनर्निर्माण, मर्मतसम्भार र पुनःस्थापनाको काम सुरु भएको छ,” सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले भने, “यस कार्यले सीमाको संरक्षण हुनुका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल-भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्म रूपमा अध्ययन गर्न सघाउ पुग्नेछ । यसकार्यमा स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण सहयोग रहनेछ भन्ने विश्वास लिएका छौँ ।”

यस्तै, भारतीय सीमा सुरक्षा बल नं ४८ बटालियनका डेपुटी कमान्डर सन्तोषकुमार निमोरियाले दुई देशका सरकारले गरेका निर्णय र समझदारीअनुसार आफूहरू सीमा सुरक्षाको संवेदनशीलताबारे गम्भीर रहेको बताए । नेपालले बिजोर र भारतले जोर सीमास्तम्भको मर्मतसम्भार गर्ने सहमतिअनुसार आफूहरूले पनि आवश्यक कार्य अगाडि बढाउने र जसले सीमास्तम्भको मात्र नभई दुई देशको सुरक्षा, सद्भाव र सीमासम्बन्धी प्राविधिक जटिलता समाधानका निम्ति पनि सहयोग पुग्ने उनको भनाइ थियो ।

त्यसअवसरमा नगराईन नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, सम्बन्धित वडाध्यक्ष, सशस्त्र प्रहरी बल धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मल्ल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झालगायत सरोकारवालाको उपस्थिति थियो । यसअघि, यही कात्तिक १ गते सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले भारतीय सीमासँग जोडिएका नेपालतर्फका १४३ वडाका वडाध्यक्षसँग छलफल गरी सीमा सुरक्षा, तिनको संरक्षण, सीमा क्षेत्रका समस्या, चुनौती र समाधानका विषयमा सुझाव लिएको थियो ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १५:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।