July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १५:१७
टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन

अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा हुने टी–२० विश्वकप क्रिकेटमा आतङ्कवादी हमलाको खतरा औँल्याइएको छ । ट्रिनिडाडका प्रधानमन्त्री डा. की रोलीले यस्तो खुलासा गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले पनि आतङ्कवादी हमलाको सम्भावनालाई पुष्टि गरेको छ । यद्यपि आइसीसीले त्यस्ता कुनै पनि खतरा सामना गर्नका लागि पूर्ण सुरक्षा योजना रहेको जनाएको छ ।

टी–२० विश्वकपमा नेपालसहित कुल २० टिम सहभागी हुँदैछन् । कुल ९ सहरमा विश्वकपका म्याच आयोजना हुँदैछन्, जसमध्ये वेस्टइन्डिजका ६ र अमेरिकाका ३ सहरमा खेल आयोजना हुनेछ ।

स्रोतहरूलाई उद्धृत गर्दै क्रिकइन्फोले जनाए अनुसार वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन गरिएको छ ।

ट्रिनिडाड डेलीसँग कुरा गर्दै त्यहाँका प्रधानमन्त्री रोलीले भने, ‘२१ औँ शताब्दीमा आतङ्कवादको खतरा विभिन्न रुपमा देखिएका छन्, जो दुर्भाग्यपूर्ण छ । टी–२० विश्वकपमाथि पनि आतङ्कवादी हमलाको चेतावनी आएको छ ।’ यद्यपि उनले त्यस्तो चेतावनी कहाँबाट आएको हो भन्नेबारे केही खुलाएनन् ।

आइसीसीले यसबारे प्रतिक्रिया दिँदै भनेको छ, ‘सबैको सुरक्षा र रक्षा हाम्रो प्राथमिकतामा छ । हामीसँग यसका लागि पूर्ण योजना छ । हामी आयोजक मुलुक र स्थानीय प्रशासनसँग निकट रहेर काम गर्दैछौँ र हाम्रो नजर कुनै पनि जोखिम हटाउनेतर्फ केन्द्रित छ ।’

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्