May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

वातावरण अन्योलपूर्ण भएर वार्ता स्थगित

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १२:५१
वातावरण अन्योलपूर्ण भएर वार्ता स्थगित
  • कोशी प्रदेश सरकार र नामकरणको वार्ता स्थगित
  • अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण
  • पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाले नामकरणको विपक्षमा आन्दोलन गरे 

विराटनगर ।।

कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ । आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो ।

प्रदेश सरकारले बुधबार नागरिक उन्मुक्ति पार्टी र संयुक्त संघर्ष समितिलाई एकै समयमा वार्ताका लागि बोलाएपछि समितिले वार्तामा नबस्ने बताएको हो ।

आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै वार्ताको वातावरण नभएको बताएको छ ।

कोशी प्रदेश सरकारका वार्ता टोली संयोजक तथा खानेपानी सिँचाई तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ताका लागि संघर्ष समितिका नेताहरुको समय नमिलेपछि स्थगित गरिएको बताए ।

प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टी र संघर्ष समितिलाई एकै समयमा वार्तामा बोलाएको पनि उनले बताए । उनले फेरि सल्लाह गरेर वार्तामा बोलाइने पनि बताए ।

१७ फागुन २०७९ मा प्रदेशसभाले प्रदेशको नाम कोशी नामकरण गरेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाले नामकरणको विपक्षमा आन्दोलन सुरु गरेका थिए ।

प्रदेश सरकारले २४ जेठमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्री मेन्याङ्बोको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले ५ असारमा पहिलो पटक आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गरेको थियो ।

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १२:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।