May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक

खोटाङको लालुपाते सहकारीको बचत अपचलन : पोखराकी जसुदा पौडेल पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० 0९:१४
खोटाङको लालुपाते सहकारीको बचत अपचलन : पोखराकी जसुदा पौडेल पक्राउ

खाेटाङ – खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको मुद्दामा पोखराकी जसुदा पौडेल पक्राउ परेकी छन् ।

बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ताले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा सहकारीका अध्यक्ष अनिल जोशीसँगको मिलेमतोमा सहकारीबाट ऋण लगेको तर फिर्ता नगरेको पाइएपछि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पौडेल सहकारीको ऋणी देखिएको तथा बचतकर्ताको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि चितवनबाट पक्राउ गरेर खोटाङ ल्याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो ।

सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा अध्यक्ष जोशीमार्फत पौडेलको नाममा ४८ लाख ३६ हजार ५ सय ३९ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । बचत अपचलन गरेका कारण सहकारी सङ्कटमा फसेको विषयमा यसअघि आठ जना पक्राउ परिसकेका छन् ।

सहकारीको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले कात्तिक १२ गते पक्राउ गरेको थियो ।

यस्तै, सहकारीका अध्यक्ष जोशीका भाइ सुनिल जोशी र सुनिलकी श्रीमती रविना श्रेष्ठ (जोशी) लाई गएको असोज १३ गते तथा तत्कालीन प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाण्डौबाट पक्राउ गरिएको थियो ।

बचतकर्ताले २०७९ फागुन २ गते सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । २०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार शुरु गरेको सहकारीका अध्यक्ष अनिल जोशीको कोभिड सङ्क्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा ज्यान गएको थियो । त्यसपछि बचत अपचलन भएको विषय बाहिर आएको थियो ।

२०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार पनि ठप्प छ । डुबेको साँवा र ब्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैँजूको संयोजकत्वमा सङ्घर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दैआएका छन् । सहकारीको नाममा खरिद गरिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, अध्यक्ष जोशीको परिवारका सदस्यले मात्रै डेढ करोड रुपैयाँ ऋण चलाएको देखिएको बचतकर्ताको दाबी छ । तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा राखिएको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताउनुभयो ।

यो सहकारीमा झण्डै ४ हजार ५ सय बचतकर्ताको लगानी छ । एकैजनाले ४५ लाख रुपैयाँम्म बचत गरेका छन् । सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाख रुपैयाँसम्म ऋण लगेको देखिन्छ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० 0९:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट