May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

२२ सय ६० जना कर्मचारीले यसैवर्ष अवकाश पाउने

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:१९
२२ सय ६० जना कर्मचारीले यसैवर्ष अवकाश पाउने
  • निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने
  • अवकाश पाउनेमध्ये केही विदा भइसकेका छन् भने ठूलो संख्यामा विदा हुन बाँकी
  • ६ महिना अगावै सम्बन्धित कर्मचारीलाई जानकारी दिने 

काठमाडौं ।।

चालु आर्थिक वर्ष २०८०-८१ मा सरकारी निकायमा कार्यरत २ हजार २६० जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । तिनीहरु उमेर हद र सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका र जान लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखानाले जनाएको छ । यसमा निजामती सेवाभन्दा अन्य सरकारी सेवाबाट अवकाश पाउने कर्मचारीको संख्या जोडिएको छैन ।

“अघिल्लो वर्षको तुलनामा यो वर्ष अनिवार्य अवकाश पाउने निजामती कर्मचारीको संख्या थोरै कम छ,” राष्ट्रिय किताबखानाका निर्देशक प्रकाशजंग कार्कीले भने ।  कार्कीका अनुसार, अघिल्लो आर्थिक वर्ष २०७९-८० मा २ हजार ४ सयभन्दा बढी निजामती कर्मचारीले अनिवार्य अवकाश पाएका थिए ।  यस वर्ष अवकाश पाउनेमध्ये केही विदा भइसकेका छन् भने ठूलो संख्यामा विदा हुन बाँकी छन् । “अवकाश पाउने मितिभन्दा ६ महिना अगावै हामी सम्बन्धित कर्मचारीलाई जानकारी दिन्छौं,” कार्कीले भने ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट