May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

बलात्कार आरोपमा विराटनगरका २ कराँते प्रशिक्षक दोषी

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १२:५३
बलात्कार आरोपमा विराटनगरका २ कराँते प्रशिक्षक दोषी
  • पटक-पटक करणी गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी
  • करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर

विराटनगर ।।

परीक्षामा सहयोग गर्ने बहानामा छात्रासँग नजिकिएका सुवेदीले पटक-पटक करणी गरेका थिए । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएका थिए । दुर्ई जनाले सामूहिक करणी गरेपछि किशोरीले आफूमाथि पटक-पटक करणी गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो । करणीका क्रममा उनीहरुको भिडियो पनि बनाएको  पीडितको दाबी थियो । तर अनुसन्धानका क्रममा भिडियो फेला परेको थिएन ।

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । सामूहिक बलात्कार आरोपमा पक्राउ परेका कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर-३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको हो । दुवै जना ६ भदौ २०७९ देखि पूर्पक्षका लागि थुनामा थिए ।

करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि कैद सजाय निर्धारण भने कात्तिक २२ गतेको इजलासले गर्ने अदालतका सूचना अधिकारी ओम सुवेदीले बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक उनीहरुले विराट हेल्थ कलेजमा अध्ययनरत एक छात्रालाई विराटनगरस्थित एउटा होटलमा लगेर सामूहिक करणी गरेका थिए । सुरज विराट हेल्थ कलेजमा डिसिप्लेन इन्चार्ज पनि थिए ।

परीक्षामा सहयोग गर्ने बहानामा छात्रासँग नजिकिएका सुवेदीले पटक-पटक करणी गरेका थिए । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएका थिए । दुर्ई जनाले सामूहिक करणी गरेपछि किशोरीले आफूमाथि पटक-पटक करणी गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो । करणीका क्रममा उनीहरुको भिडियो पनि बनाएको पीडितको दाबी थियो । तर अनुसन्धानका क्रममा भिडियो फेला परेको थिएन ।

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट