July 15, 2024 | सोमवार, असार ३१, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १२:५६
यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको यूएईसँगको खेलमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । नेपालका लागि कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए । यस्तै, सोमपाल कामी र रोहित पौडेलले एक/एक विकेट लिए ।

यूएईका लागि भिर्तिया अरिविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, मुहम्मद वासिमले २६, अशिन शरार्फुुले १६ र आशिफ खानले १३ रन जोडे ।

आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । फाइनल खेल पर्सि आइतवार कीर्तिपुर मैदानमा हुनेछ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्