July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नारायणी नदी किनारमा चियाको प्रदर्शनी गरिने

  • साझा परिवेश
  • शनिबार, माघ २०, २०८० 0९:३0
नारायणी नदी किनारमा चियाको प्रदर्शनी गरिने

चितवन । यही माघ २६ र २७ गते नारायणी नदी किनारमा नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो ।

‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो । चियाका फाइदाको विषयमा जानकारी दिने, सही चियाको सहीरूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गर्न लागिएको बोर्डका कृषि बिकास अधिकृत चन्द्र पुरीले जानकारी दिए । प्रदर्शनीमा चियाको टेस्टिङ हुने भएकाले खाने तरिकासमेत सिकाइने उनले बताए ।

यसअघि बुटवलमा प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनी चितवनमा पहिलोपटक गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिए । नेपालको चिया उत्पादन तथा बजारीकरणमा सहजता ल्याउन प्रदर्शनीको आयोजनागर्न लागिएको उनले बताए । प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्योग वाणिज्य सङ्घ चितवन, होटल व्यवसायी सङ्घ चितवन सहआयोजक रहेको सो प्रदर्शनी प्रवद्र्धक भरतपुर महानगरपालिका रहेको छ ।

  • साझा परिवेश
  • शनिबार, माघ २०, २०८० 0९:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्