May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

निजी विद्यालयहरु आर्थिक कारणले मर्ज हुँदै

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १0:३६
निजी विद्यालयहरु आर्थिक कारणले मर्ज हुँदै
  • आर्थिक रुपमा चलायमान हुन नसकेको भन्दै निजी विद्यालयहरु मर्ज हुने क्रम बढ्दै
  • देशभरका करिब २० वटा विद्यालय मर्ज भएर सञ्चालन
  • प्याब्सनमा आवद्ध भएका करिब २५ वटा विद्यालयहरु मर्ज

काठमाडौं ।।

आर्थिक रुपमा चलायमान हुन नसकेको भन्दै निजी विद्यालयहरु मर्ज हुने क्रम बढ्दै गएको छ । कोभिडपछि भएको आर्थिक मन्दीको कारण चलायमान हुन नसक्दा मर्ज भएर सञ्चालन भइरहेको विद्यालय सञ्चालक तथा विद्यालय संगठनहरुले जानकारी दिएका छन् । एन प्याब्सनका अध्यक्ष पाण्डव हमालको अनुसार कोभिडपछि आर्थिक रुपमा चलायमान हुन नसक्दा कुनै दुई वटा त कुनै तीन वटा मर्ज भइरहेको बताए ।

उनको भनाइ अनुसार एन प्याब्सनमा आबद्ध देशभरका करिब २० वटा विद्यालय मर्ज भएर सञ्चालन भइरहेको छ । उनले भने, ‘लगानी पनि वृद्धि गर्नुपर्ने हुन्छ तर दुई वर्ष कोभिडका कारण विद्यालयको आयस्रोतमा ह्रास आयो । निजी विद्यालयलाई सरकारको सहयोग छैन र विद्यालय आफैंमा चलायमान बन्न सकेन । त्यस्ता विद्यालय कुनै दुई वटा त कुनै तीन वटा मर्ज भएर सञ्चालन भईरहेको छ ।’

सकारले सामुदायिक विद्यालयमा लगानी वृद्धि गर्दै लगिरहेको र निजी विद्यालयहरुले त्यो अनुसार लगानी वृद्धि गर्न नसकेकोले अझै पनि कतिपय विद्यालय संकटमा रहेको उनले बताए । प्याब्सन काठमाडौं जिल्लाका अध्यक्ष प्रेम राईले पनि विद्यालयहरु मर्ज गरेर सञ्चालन गर्ने क्रम भइरहेको बताए । उनले भने, ‘थोरै लगानीमा सुरु भएका विद्यालयहरु कुनै दुई वटा कुनै तीन वटा मर्ज गरेर सञ्चालन भइरहेको छ ।’

प्याब्सनमा आवद्ध भएका करिब २५ वटा विद्यालयहरु मर्ज भएको उनले बताए छन् । राज्यले निजी विद्यालयलाई गरेको विभेदका कारण निजी विद्यालयहरु मर्ज भइरहेको उनको आरोप छ । कुपण्डोलकी काठमाडौं बसन्तपुरकी अभिभावक रिना महर्जन सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएकोले निजी विद्यालयहरु चल्न छोडेको बताउँछिन् ।

रिनाले एक निजी विद्यालयमा पढाइरहेकी आफ्नी छोरीलाई अहिले सामुदायिक विद्यालयमा भर्ना गरेकी छिन् । उनी भन्छिन्, ‘अहिले मासिक पाँच हजार शुल्क लिने बोर्डिङ स्कुल र सरकारी स्कुलको पढाइ उस्तै हुन्छ । अनि को लान्छ बोर्डिङ स्कुल ।’

उनी आफैंले पनि मासिक ४ हजार शुल्क लिने एक विद्यालयमा छोरी पढाउँदै थिइन् तर यो वर्ष त्यो स्कुल अलि परको अर्को स्कुलमा मर्ज हुने भन्ने भएपछि रिनाले आफन्तको सुझावमा आफ्नी छोरी सामुदायिक विद्यालयमा भर्ना गराएकी छिन् । त्यसपछि उनले सामुदायिक विद्यालयको पढाइ र छोरी पढिरहेकी निजी विद्यालयको पढाइको गुणस्तर समान भएको थाह पाएको बताउँछिन् ।

तर काठमाडौं महानगरपालिकाले भने विद्यालय मर्जको लागि अहिलेसम्म कुनै खालको जानकारी नआएको बताएको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकृत सिताराम कोइरालाले भने, ‘अहिलेसम्म मर्ज गर्ने भन्ने जानकारी आएको थाह छैन ।’ उनले महानगरभित्रको विद्यालयहरु मर्ज नभएको हुन सक्ने अनुमान गरे ।

 

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।