May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

तिहारमा फ्लोरा एक्सपोमा गोदावरी र सयपत्रीको अत्याधिक माग

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:३७
तिहारमा फ्लोरा एक्सपोमा गोदावरी र सयपत्रीको अत्याधिक माग

मुना न्यौपाने
काठमाडौँ, २० कार्तिक ।
भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफुल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० शनिवारबाट सम्पन्न भएको छ । पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोवार भएको आयोजक नर्सरी व्यववसायी संघले जनाएको छ । कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी ब्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।
६२ वटा स्टलमा बिभिन्न जातका फलफुल बिरुवा तथा नर्सरीहरू प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफुल, नर्सरी, जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमलालगायत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामग्रीहरूको स्टल राखिएको थियो । तिहार फ्लोरा एक्सपोमा राखिएका स्टलहरूबाट ५० हजारदेखि १० लाख बढीसम्म ब्यवसायीहरूले फलफूल,बिरुवा तथा औजारहरूको व्यापार गरेको बताइएको छ ।
तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्याधिक भएकोले स्टलनै खाली हुनेगरी बिक्री भएको व्यवसायीले बताए । एकै ठाउँमा धेरै जात जातिका आउटडोर इन्डोर प्लान्टहरू छानीछानी पाइने भएकोले फूल बिरुवाका पारखीहरूको मेलामा भीड लागेको र आफुले उत्पादन गरेको फलफूल तथा बिरुवाको राम्रो बिक्री भएकोमा व्यवसायीहरू खुशी देखिए ।
मेलाको अन्तिम दिन शनिबार ग्राहकहरूको अत्याधिक भीड लागेकोले स्टलहरू नै खालि हुनेगरी फलफूल तथा बिरुवाको बिक्री भएको आयोजकले जनाएको छ । नर्सरी व्यवसायीसंघले ब्यवसायीहरूको हक हकहितको लागि र ग्राहकको सुविधाको लागि भनेर पहिलोपटक गरेको तिहार फ्लोरा एक्सपो सफल भएको बताएको छ ।
व्यवसायीहरूले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पुरा गर्न यस्ता मेलाहरूको आयोजना गरिरहने एक्सपोका संयोजक रबिन कुमार गौतमले बताए ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।