काठमाडौं ।।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । प्रसाईँले राजनीतिक दल र तिनका शीर्ष नेताप्रति दिएको विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले उनलाई बोलाएको थियो। उनी प्रहरी कार्यालयमा नआए पक्राउ गर्ने प्रहरीको तयारीपछि उनी आफैँ ब्यूरोमा पुगेका हुन् ।