April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै

मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १५:२६
मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊन सरकारलाई आग्रह गरेको छ । नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा एउटा विज्ञप्ति निकाल्दै आयोगले दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न पनि भनेको छ । आयोगले विज्ञप्तिमा भनेको छ, ‘जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन र कानूनको प्रभावकारी कार्यान्वयन गर्न-गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

दैनिक रुपमा समाजमा घटिरहेका जातीय विभेद तथा छुवाछूतका घटनालाई निर्मूल गर्नका लागि कानुनको कार्यान्वयनमा सहयोग पुर्याउन आयोग सबै राजनीतिक दल तथा तिनका भातृ संगठनहरु, जनप्रतिनिधिहरु, नागरिक समाज, सबै धार्मिक संघसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा आम नागरिकलाई समेत अनुरोध गरेको आयोगले जनाएको छ ।

‘संवैधानिक तथा कानूनी व्यवस्थाका बाबजुद कानूनको प्रभावकारी कार्यन्वयन हुन नसक्दा नेपालमा अझै पनि जातीय विभेद र छुवाछूतका घटनाहरुमा कमी आउन सकेको देखिँदैन,’ आयोगले भनेको छ, ‘जातीय विभेद र छुवाछूत सम्बन्धमा आयोगमा हाल ३७ वटा उजुरी विचाराधीन अवस्थामा रहेका छन् ।’

आयोगले क्षतिपूर्तिको लागि सिफारिस गरेका जातीय छुवाछूत तथा विभेदका घटनाका पीडितहरुको सङ्ख्या २०५ रहेका र आयोगले नेपाल सरकारलाई ७ वटा नीतिगत सिफारिसहरु समेत गरेको जानकारी दिएको छ । सामाजिक बहिष्करण, मन्दिर प्रवेशमा रोक, कोठा भाडामा नदिइने, अमर्यादित भाषाको प्रयोग तथा छुवाछूतजन्य अमानवीय घटनाहरु दिन प्रतिदिन भइरहनु र त्यस्ता अपराधमा संलग्नहरुलाई कारवाही हुन नसक्दा दण्डहीनता कायम रहेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।

 

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।