April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

हामीबाट गल्ती भएको छ, माफी माग्छौं : गगन थापा

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १६:0९
हामीबाट गल्ती भएको छ, माफी माग्छौं : गगन थापा
  • गल्तीमा जनतासँग हजारपल्ट माफी  माग्छौं 
  • व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह
  • हामीले गरेको गल्तीको भारी बोक्न तयार छौं 

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताउँदै व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले नवलपुरमा भएको कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “वरिपरिका केही कुरा देखेका छौँ । नागरिकमा तीव्र असन्तुष्टि या अलमल छ । कोही किसानलाई भेटेँ भने रिसाएको देखिन्छ, रिसाउनुपर्ने कारण पनि छ,” थापाले भने, “जुन सहरमा पनि सटर छाडेर भागेको अवस्था छ । सहकारीको ऋण तिर्न सकेको छैन । नेपाल पहिला कसले छाड्ने भन्नेमा तछाडमछाड गरिरहेकोजस्तो लाग्छ । छटपटाहट देखिन्छ । अब लुकाएर हुँदैन । यसको बारेमा चर्चा र चिन्तन गर्नैपर्ने हुन्छ ।”

उनले पीडामा भएका आम मानिसलाई भड्काउने काम भइरहेको बताए ।

“यसलाई संगठित गरेर दुरुपयोग गर्ने प्रयास हुनेछ,” उनले भने, “०५९ असोज १८ गते तत्कालीन राजाले आफ्नो शासन हातमा लिनुभयो । लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउनुभयो त्यसबेला पनि काठमाडौंमा दीपावली भएको थियो । ठिक गर्नुभयो महाराज ! यिनको चरित्र र व्यवहारले दुःख पाएका थियौँ भनेका थिए । त्यही भन्ने मान्छे ०६२ चैतमा गणतन्त्र जिन्दावाद भन्दै सडकमा आयो । यसको उत्तर नखोजीकन जिम्मेवार कार्यकर्ताले गलत कुरा गर्न मिल्दैन । यसलाई पर्गेल्न चिन्तन गर्नुपर्छ ।”

उनले पार्टीका नेताहरुले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाइएको बताए ।

“हामीले गल्ती गरेका छौँ हजारपटक जनतासँग माफी माग्नुपर्छ,” उनले भने, “०५१ मा मध्यावधिमा नगएको भए माओवादी आउँदैनथ्यो । माओवादीको कारणले देशको १५ वर्ष खेर गएको छ । अनावश्यक युद्ध भयो । यही व्यवस्थामा आउनु थियो भने युद्ध किन ? हामीले ०५६ मा बहुमत पायौँ थेग्न सकेनौँ । छलफल गर्नुपर्छ । कसैलाई दोष दिएर हुँदैन । हामीले गरेको गल्तीको भारी बोक्न तयार हुनुपर्छ । हामीले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउन खोज्यौँ ।” उनले गल्ती व्यक्ति र पात्रले गरेको बताउँदै व्यवस्था र आस्थालाई दोष लगाउन खोजिएको बताए । उनले अहिलेको अवस्थामा कांग्रेस जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।