November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भूकम्पपीडितका नाउँमा अनधिकृत चन्दा उठाउँदै गरेका ९ जना पक्राउ

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0८:१४
भूकम्पपीडितका नाउँमा अनधिकृत चन्दा उठाउँदै गरेका ९ जना पक्राउ

काठमाडौं । जाजरकोट भूकम्पका पीडितको नाममा चन्दा उठाउँदै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर टेकुले अनधिकृत रूपमा चन्दा उठाउँदै गरेका उनीहरूलाई वीर अस्पताल नजिकैबाट पक्राउ गरेको हो ।

भूकम्पपीडितलाई सहयोग गर्ने नाममा अनधिकृत व्यक्तिहरूले चन्दा उठाइरहेको पाइएपछि पक्राउ गरिएको र अनुमतिबिना चन्दा संकलन नगर्ने कागज गराई छाडिएको प्रहरीले जनाएको छ ।

राहत संकलन गर्ने व्यक्ति वा संस्था आधिकारिक हुन् वा होइनन् भनेर निश्चित भएपछि मात्रै रकम उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ । प्रहरीले अनधिकृत रूपमा राहत र चन्दा उठाउनेलाई कानुन बमोजिम कारबाही हुने पनि स्पष्ट पारेको छ ।

सरकारले यसअघि एक द्वार प्रणालीबाट राहत वितरण गर्ने जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0८:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्