May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कतारमा मृत्युदण्ड तोकिएका ८ भारतीय रिहा

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:१५
कतारमा मृत्युदण्ड तोकिएका ८ भारतीय रिहा

काठमाडौं । कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय रिहा भएका छन् । भारतको विदेश मन्त्रालयका अनुसार आठमध्ये सात जना भारत फर्किएका छन् ।

आठ पूर्व मरीनले दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गरेका थिए। उनलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर, आरोपहरू सार्वजनिक गरेनन् ।

सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको भारतीय मिडियाले जनाएका थिए । अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई तालिम र अन्य सेवाहरू प्रदान गर्दछ ।

एक वर्षभन्दा बढी जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्व मरीनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त निर्णयविरुद्ध भारतले अपिल गरेको थियो । कतार भारतलाई प्राकृतिक ग्याँसको प्रमुख आपूर्तिकर्ता हो ।

त्यहाँ करिब आठ लाख भारतीय काम गर्छन् । दुई देशबीच सधैं राम्रो सम्बन्ध रहँदै आएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।