काठमाण्डौ । नेकपा माओवादी केन्द्रले भूकम्प पीडितहरुको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारको राहत कोषमा पार्टीका तर्फबाट रु ५० लाख उपलब्ध गराउने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।
साथै हरेक प्रदेश समितिका तर्फबाट थप रु १ लाखका दरले उक्त राहत कोषमा उपलब्ध गराउन निर्देशन दिने निर्णय गरिएको पनि उनको भनाइ छ ।
यस्तै पीडितहरुको राहत र पुनर्निर्माणको कार्यलाई व्यवस्थित गर्न सरकारले अपनाएको एकद्वार प्रणालीलाई अवलम्बन गर्न सम्पूर्ण पार्टी कमिटीहरुलाई निर्देशन गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ।