May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

अस्ट्रेलियासँगको टी–२० शृङ्खलामा भारतको विजयी शुरुवात

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० 0८:३९
अस्ट्रेलियासँगको टी–२० शृङ्खलामा भारतको विजयी शुरुवात

काठमाण्डाै – भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी–२० शृङ्खलामा भारतले विजयी शुरुवात गरेको छ ।

विशाखापटनममा गएराति भएको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले हरायो । अस्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १ बल बाँकी छँदै भेट्टायो ।

भारतको जितमा सूर्यकुमार यादवले ४२ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए । इशान किशनले ३९ बलमा २ चौका र ५ छक्कासहित ५८ रन बनाए । त्यसअघि विशाखापटनममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि विकेट किपर जोश इङ्ग्लिसले ५० बलमा ११ चौका र ८ छक्कासहित १ सय १० रनको शानदार शतकीय इनिङ खेले पनि टोलीको जितका लागि पर्याप्त भएन । दोस्रो खेल नोभेम्बर २६ मा, तेस्रो खेल नोभेम्बर २८, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ ।

गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटाैँ पटक एक दिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० 0८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।