sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद भ्यानकुभर पराजित

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ १0:२४
दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद भ्यानकुभर पराजित

काठमाडौँ। नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै ग्लोबल टी-२० लिगमा भ्यानकुभर नाइट्स लगातार तेस्रो खेलमा पराजित भएको छ। आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो। भ्यानकुभर नाइट्स यसअघि टोरेन्टो नेसनलसँग आठ विकेट र बंगला टाइगर्स २२ रनले पराजित भएको थियो।

मन्ट्रिल टाइगर्सको भने यो लगातार दोस्रो जित हो। उसले बंगला टाइगर्सलाई ३३ रनले पराजित गरेको थियो। मन्ट्रियल टाइगर्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर नाइट्सले निर्धारित २० ओभरमा ६ वविकेट गुमाउदै १३४ रन मात्रै बनाउन सक्यो।

भ्यानकुभर नाइट्सका रिजा हेन्ड्रिक्सले सर्वाधिक ३४ रन बनाए। ड्वेन प्रिटोरियस ३१ र हर्ष ठाकर १८ रनमा आउट हुँदा दीपेन्द्र ३० र सन्दीप एक रनमा अविजित रहे।

मन्ट्रियल टाइगर्सका आयन अफजल खानले सर्वाधिक तीन विकेट लिए। कलिम सानाले दुई र अजमातुल्लाह उमरजाईले एक विकेट लिए। त्यसअघि पहिला ब्याटिङ थालेको मन्ट्रियल टाइगर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन बनाएको थियो।

मन्ट्रियल टाइगर्सका दीलप्ररित बाजवा ३३, अजमातुल्लाह उमरजाई २७, टिम सेफर्ट १६ र क्रिस लिन १० रनमा आउट हुँदा कोर्बिन बोश ३५ र आयन अफजल खान १६ रनमा अविजित रहेका थिए।

भ्यानकुभर नाइट्सका मोहम्मद अमिर र ड्वेन प्रिटोरियसले समान दुई विकेट लिए। जेरेमी गोर्डन र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो।

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ १0:२४

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid