sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भूकम्पबाट जाजरकोट जिल्लामा ९१ वटा विद्यालयमा पूर्ण क्षति, एक शिक्षक र ११ विद्यार्थीको मृत्यु

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0९:३५
भूकम्पबाट जाजरकोट जिल्लामा ९१ वटा विद्यालयमा पूर्ण क्षति, एक शिक्षक र ११ विद्यार्थीको मृत्यु

जाजरकोट । जाजरकोट जिल्लामा भूकम्पबाट ९१ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ ।

आइतबार रातिसम्म प्राप्त विवरणअनुसार ९१ वटा विद्यालयको ३ सय ६६ वटा कक्षा कोठा भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको हो । यस्तै विद्यालयका ४३ वटा शौचालयमा क्षति पुगेको छ भने ११ वटा कम्प्युटर कक्षा (आईसीटी) मा पूर्ण क्षति पुगेको छ ।

यसैगरी एक पुस्तकालय, सात वटा घेराबार र चार वटा सोलार सिस्टममा पूर्ण क्षति पुगेको विवरण प्राप्त भएको छ ।

जिल्लाका एक सय २२ विद्यालयका चार सय ७६ कक्षा कोठामा आंशिक क्षति पुगेको छ । ३५ वटा शौचालयमा पनि आंशिक क्षति पुगेको छ ।

भूकम्पमा परी जिल्लामा एक शिक्षकको मृत्यु भएको छ भने दुई शिक्षक घाइते भएका छन् । विद्यार्थीतर्फ ११ जनाको मृत्यु भएको छ । यस्तै २० विद्यार्थी भूकम्पमा परी घाइते भएका छन् । तथ्यांक संकलनको काम भइरहेकाले थप विवरण आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५७ जनाको ज्यान गएको छ । यस्तै दुई सय ४६ जना घाइते भएका छन् । भूकम्पका कारण सयौँ घरहरुमा क्षति पुगेको छ । घरबारविहीन सयौँ मानिस तीन दिनदेखि खुला आकाशमुनि रात कटाउन बाध्यछन् । भूकम्प पीडितहरु राहतको पर्खाइमा छन् । उनीहरुले अहिलेसम्म आवश्यक राहत तथा सहयोग पाउन नसकेको गुनासो गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid