July 15, 2024 | सोमवार, असार ३१, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

चलचित्र ‘बुलाकी’ को प्रदर्शन रोकिने

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १५:१५
चलचित्र ‘बुलाकी’ को प्रदर्शन रोकिने

काठमाडाैँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । सोमबारदेखि पूर्णरूपमा सो चलचित्रको प्रदर्शन रोकिने बताइएको छ ।

चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए ।

“बाँडफाँडमै समान व्यावहार भएन । सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै हामीलाई सङ्ख्यामार्फत नै निरुत्साहित गर्ने काम भयो”, उनले भने, “दर्शकको माग बमोजिम अब प्रोजेक्टरमार्फत चलचित्र प्रदर्शन गर्नेछौँ ।” आउँदा दिनमा पनि नेपालीपन बोकेको कथालाई दर्शकसम्म ल्याउने उनकाे भनाइ छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र ‘बुलाकी’मा निर्माता विष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, लक्ष्मी गिरीलगायतले अभिनय गरेका छन् ।

चलचित्र वितरण कम्पनी एफडीका अध्यक्ष छविराज ओझाले निर्माताले चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिए । “निर्मातामार्फत आएको जानकारीलाई हामीले चलचित्र भवन सञ्चालकसम्म पुर्याइसकेका छौँ । टिकट बिक्री नभएका शो रोकिसकेका छन् । टिकट बिक्री भएका शो भने आज रोकिँदैनन्”, उनले भने ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्