काठमाडौं ।।
नेपाली कांग्रेस महासमिति बैठकको मिति फेरि सारिएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको बताए । कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने भएको हो । पहिले मंसिर १३ देखि १६ मा गर्ने निर्णय भएको थियो । सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्याइएको थियो । अहिले जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण बैठक सारिएको उनले जानकारी दिए । त्यस्तै, ५२ जिल्लाबाट महासमिति सदस्यको चुनाव सकिएको छ । बाँकी जिल्लामा मंसिर १० सम्ममा सदस्यको चुनाव सक्ने गरी म्याद थप गरिएको छ ।