काठमाडौं ।।
नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक अहिले दिउँसो १२ः४५ मा पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार पार्टीले चलाउन लागेको मध्यपहाडी लोकमार्ग अभियानबारे छलफलको मुख्य एजेन्डा छ । “मध्यपहाडी लोकमार्ग अभियानको कार्यक्रम तय गर्नु बैठकको मुख्य एजेन्डा छ,” उनले भने, “भूकम्पलगायतका विषयमा पनि छलफल हुन्छ ।” एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्दै छ । अभियानको तयारी स्वरुप हालै दुई टोलीले मध्यपहाडी लोकमार्गको अवलोकन गरेको थियो ।