काठमाडौं ।।
नेपाल प्रहरीका प्राविधिक इन्जिनियरिङ लगायत समूहका ३१ प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३१ असईलाई सई बढुवाका लागि सिफारिस गरेको हो ।प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरि समूहको सञ्चारतर्फका २८ प्रहरी सहायक निरीक्षक (असई) हरुलाई सई बढुवाका लागि सिफारिस निकालिएको हो । त्यस्तै स्वास्थ्य उपसमूहको २ जना असई सईका लागि सिफारिस गरिएको छ । त्यसैगरी प्रधान कार्यालयले केनाईन उमसमूहको सईका लागि पनि १ जनाको नाम सिफारिस गरेको छ ।