April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

चीनले थप ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण गर्‍याे

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:३७
चीनले थप ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण गर्‍याे

काठमाण्डाै – चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयाे ।

आज बुधवार बिहान चिनियाँ सेनाका दुई वटा कार्गो जहाज राहत सामग्री लिएर पोखरा विमानस्थलमा अवतरण भएका थिए । राहत सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै देश एकअर्काको दुःखमा साथमा रहेको भन्दै मन्त्री श्रेष्ठले यो द्रुत सहयोगले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रमाणित गरेको बताउनुभयो ।

यस्तै राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको दुःखमा चीनले मलम लगाउने प्रयास गरेको बताउनुभयो ।

चीनबाट आज चार हजार छ सय वटा कम्बल र छ सय वटा टेन्ट आएका छन् । यसअघि रसुवागढी नाका हुँदै २३ वटा ट्रकमा १० करोड रुपैयाँ बराबरका राहत सामग्री आएका थिए ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।